नेकपा अध्यक्षद्वय ओली–प्रचण्डबीच आज पनि छलफल हुने

काठमाडौं, ३० साउन :
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुने भएको छ। ९ दिनपछि हिजो भएको छलफल सकारात्मक भएपछि आज पुनः दुई अध्यक्षबीच छलफल हुन लागेको हो ।

हिजोको छलफलमा पार्टीको विवाद अन्त्यका लागि महाधिवेशनमा जाने प्रस्ताव अध्यक्ष ओलीले राखेका थिए। जतिसक्दो छिटो पार्टीको महाधिवेशन गर्ने र त्यसपछि एकल अध्यक्षका रुपमा पार्टीको नेतृत्व प्रचण्डले गर्ने तथा सरकारको नेतृत्व ओलीले गर्ने प्रस्तावमा हिजो छलफल भएको थियो ।

पार्टीका दोस्रो तहका नेताहरुले तय गरेको सहमतिको रुपरेखामा अध्यक्षद्वयबीच हिजो सकारात्मक छलफल भएपछि आज थप छलफल हुन लागेको हो । आज पनि थप छलफल गरी लामो समयदेखिको विवाद टुंग्याउने तयारी भए पनि बैठकको समय भने तय भइनसकेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

नेकपामा शीर्षस्तरमा जारी विवादका कारण गत असार १० गतेदेखि बोलाइएको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा