सुनको भाउ बढेकाे बढ्यै

काठमाडौं, ११ फागुन :

पछिल्लाे केही दिनयता सुनको भाउ बढेकाे बढ्यै छ ।

शनिबार पनि सुनकाे भाउ बढ्ने क्रम राेकिएकाे छैन । सुनको भाउ आइतबार तोलामा सात सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७८ हजार आठ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज शनिबारकाे भन्दा १८ डलरले बढेर प्रतिऔंस १६ सय ४४ डलर पुगेको छ ।

प्रतिऔंसमा दुई तोला ६ मासा साढे ६ लाल सुन हुन्छ । चीनको वुहानमा सुरु भएको कोरोना भाइरस विभिन्न देशमा फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ महँगो भएको हो ।

अहिलेको अवस्था हेर्दा सुनको भाउ यही हप्ता नै तोलको ८० हजार पुग्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घअन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यको अनुमान छ ।

यस्तै चाँदी आइतबार ताेलामा पाँच रुपैयाँ बढेर तोलाको ९ सय २० रुपैयाँ पुगेको छ ।

संबन्धित शिर्षकहरु

क्यानडामा मानिसको भीडमा कार जोतिँदा धेरै जनाको ज्यान गयाे : प्रहरी

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आउँदो बुधवारदेखि

जम्मू–कश्मीरको भारत–पाकिस्तान नियन्त्रण रेखा वरपर गोलाबारी