सुनको भाउ बढेकाे बढ्यै

काठमाडौं, ११ फागुन :

पछिल्लाे केही दिनयता सुनको भाउ बढेकाे बढ्यै छ ।

शनिबार पनि सुनकाे भाउ बढ्ने क्रम राेकिएकाे छैन । सुनको भाउ आइतबार तोलामा सात सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७८ हजार आठ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज शनिबारकाे भन्दा १८ डलरले बढेर प्रतिऔंस १६ सय ४४ डलर पुगेको छ ।

प्रतिऔंसमा दुई तोला ६ मासा साढे ६ लाल सुन हुन्छ । चीनको वुहानमा सुरु भएको कोरोना भाइरस विभिन्न देशमा फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ महँगो भएको हो ।

अहिलेको अवस्था हेर्दा सुनको भाउ यही हप्ता नै तोलको ८० हजार पुग्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घअन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यको अनुमान छ ।

यस्तै चाँदी आइतबार ताेलामा पाँच रुपैयाँ बढेर तोलाको ९ सय २० रुपैयाँ पुगेको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा