कोभिड विरुद्धको खोप अर्काे वर्षको मध्यपछि मात्र बजारमा आउछ– विश्व स्वास्थ्य संगठन

World Health Organization (WHO) Director-General Tedros Adhanom Ghebreyesus gives a press conference on the situation regarding the COVID-19 at Geneva's WHO headquarters on February 24, 2020. - Fears of a global coronavirus pandemic deepened on February 24 as new deaths and infections in Europe, the Middle East and Asia triggered more drastic efforts to stop people travelling. (Photo by Fabrice COFFRINI / AFP) (Photo by FABRICE COFFRINI/AFP via Getty Images)

जेनेभा २० भदौ :

विश्व स्वास्थ्य संगठनले कोभिड १९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्नसक्ने बताउनुभएको हो । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सोउम्य स्वामीनाथनले शुक्रबार पत्रकार सम्मेलनका क्रममा जानकारी दिनुभएको बताइएको छ । उहाँले सो पत्रकार सम्मेलनका क्रममा भन्नुभएको थियो– मलाई लाग्छ यो खोप बजारमाा आइसक्नका लागि अर्काे वर्ष अर्थात् सन् २०२१ को मध्यपछि मात्र सम्भव हुनसक्छ । त्यस समयमा खोप बजारमा आउने र त्यसपछि विश्वका विभिन्न देशहरुमा पनि पुग्न सकने देखिएको भन्दै उहाँले त्यसपछि विभिन्न देशहरुमा त्यहाँका नागरिकलाई खोप लगाउन सकिने बताउनुभयो । उहाँले उक्त खोपको पछिल्लो लट अर्थात् तेस्रो तहमा हुन लागेको ट्रायल यसै वर्षको अन्त्यसम्ममा मात्र पूरा हुने बताउनुभयो । त्यस ट्रायलको परीणाम यसै वर्षको अन्त्यसम्मा या आगामी वर्षको शुरुसम्ममा आइसक्ने र त्यसपछि खोपको उत्पादन प्रक्रिया शुरु हुने जानकारी पनि प्रमुख वैज्ञानिकले दिनुभयो ।(रासस÷एएनआई)

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस