जिपको ठक्करबाट मृत्यु

पाल्पा, २० भदौ :

रम्भा गाउँपालिका–५ मुडुलीचौपारीमा आज बलेरो जिपको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ६० वर्षीय भुपालसिंह राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मदन गिरीले बताउनुभयो । आर्यभञ्ज्याङबाट रामपुरतर्फ जाँदै गरेको ना ३ च ८८०८ नम्बरको बलेरो जीप अनियन्त्रित भई पैदलयात्रुलाई ठक्कर दिँदा राना गम्भीर घाइते भएका थिए । घाइते रानाको प्रथामिक स्वास्थ्य केन्द्र तनहुँमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक गिरीले बताउनुभयो ।(रासस)

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस