डा. केसीका प्रतिनिधि र सरकारबीच वार्ता हुँदै

काठमाडौं, २२ असोज :
चिकित्सा शिक्षा सुधारको माग राख्दै डा गोविन्द केसीले सत्याग्रह शुरु गरेको २५ औं दिनमा सरकारले आज वार्ता शुरु गर्दैछ । विभिन्न राजनीतिक दल, नागरिक समाजका अगुवा, चिकित्सकहरुका साथै चौतर्फी दवाब वढेपछि सरकारले हिजो बार्ता टोली गठन गरेको थियो ।

सरकारका तर्फबाट शिक्ष सचिव गोपिनाथ मैनाली, स्वास्थ्य मन्त्रालयका सचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा हुनुहुन्छ ।

यस्तै डा. केसीका तर्फबाट सोलिडारिटी फर डा केसी अलायन्स का डा. जीवन क्षेत्रको संयोजकत्वमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष डा. अञ्जनी कुमार झा, नेपाल चिकित्संघ संघका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल हुनुहुन्छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गर्नुपर्ने, मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण वृद्धि, २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएममा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउनुपर्ने लगायत ६ वुँदे माग राख्दै डा. केसी १९ औं पटक २५ दिन देखि सत्याग्रहमा हुनुहुन्छ ।

सरकारी बार्ता टोलीका संयोजक एवं शिक्षा सचिव मैनालीले डा. केसीका मागमा गम्भिर भएर बार्ता गर्ने र सकभर अनसन तोडाउन पहल गरिने प्रतिवद्धता जनाउनुभयो । विहानैबाट बार्ता शुरु गर्ने भनिएपनि सार्क शिक्षामन्त्रीस्तरीय बैठकका कारण अपरान्हका लागि तय भएको सचिव मैनालीको भनाई छ । डा। केसीले भने आफ्ना सवै माग पुरा नभएसम्म अनसन नतोड्ने बताउनुभएको छ ।

 

 

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी