वडा दसैंको तेस्रो दिन आज दुर्गा भवानीको पूजा गरी मनाइँदै

काठमाडौं, ३ कात्तिक :

नेपालीहरुको महान पर्व वडा दसैंको तेस्रो दिन आज पनि घरघरमा दुर्गा भवानीको पूजा गरी मनाइँदै छ । नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरी मनाइँदै छ । देशभर रहेका देवीका मन्दिरमा पूजापाठ गर्ने प्रचलन छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुले पूजाआजा गर्ने गरेका छन् ।

घटस्थापनाका दिन जमरा राखेर नवमीसम्म घरघरमा देवी भवानीको पूजा आराधना गर्दै दुर्गासप्तशती चण्डी पाठ गर्ने चलन छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा