टानका नवनिर्वाचित कार्यसमितिको पदस्थापन

kf]v/f @! sflQs . 6«]lsª Ph]G;Lh Pzf]l;Pzg ckm g]kfn -6fg_ klZrdf~rnsf] xfn} ;DkGg !^cf} clwj]zgaf6 lgjf{lrt kbflwsf/L Pj+ ;b:ox? kb:yfkgkl5 . t:jL/ M hd'gf jiff{ zdf{, /f;;

पोखरा, २१ कात्तिक :
ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल ९टान० पश्चिमाञ्चलको १६ औं अधिवेशन तथा २७औँ साधारणसभाबाट निर्वाचित कार्यसमितिको आज पदस्थापन भएको छ । नवनिर्वाचित कार्यसमितिलाई संस्थाका पूर्व अध्यक्ष एवम् निर्वाचन संयोजक डम्बर केसीले गोपनीयताको सपथ ग्रहण र प्रमाणपत्र वितरण गरेर पदस्थापन गराउनुभयो । केसीले संस्थागत विकासमा एकजुट भएर सपथको मर्मअनुरुप काम गर्न नयाँ कार्यसमितिलाई आग्रह गर्नुभयो ।

सो समारोहमा संस्थाका पूर्व अध्यक्ष टीकाराम सापकोटाले पर्यटन क्षेत्रमा टानको विशेष योगदान रहेको चर्चा गर्दै नयाँ नेतृत्वले कोरोना कहरबीच पदयात्रा पर्यटनलाई चलायमान बनाउन नवितम् सोचका साथ अघि बढ्नुपर्ने जिम्मेवारी थपिएको बताउनुभयो । निर्वतमान अध्यक्ष हरि भुजेलले आफ्नो कार्यकाल सफल गराउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै पदयात्रा पर्यटनको विकास र प्रवद्र्धनमा नयाँ ऊर्जाका साथ लाग्न आग्रह गर्दैै नयाँ नेतृत्वलाई शुभकामना दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष सुसिलराज पौडेलले विषम् परिस्थिति प्राप्त जिम्मेवारी एक चुनौती रहेको उल्लेख गर्दै आफ्नो नेतृत्वले टानको गरिमालाई थप उचाइमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले १५९ ट्रेकिङसम्बद्ध कम्पनी रहेको जनाउँदै व्यवसायबाट पलायन हुनबाट जोगाउने दायित्वसमेत टानको रहेको उल्लेख गर्नुभयो । सो अधिवेशनबाट प्रथम उपाध्यक्षमा धर्मराज पन्थी, द्वितीय उपाध्यक्ष कृष्ण आचार्य विजयी हुनुभएको छ ।

त्यसैगरी सचिवमा मिलन तिवारी, कोषाध्यक्षमा किसमकुमारी गुरुङ र सहसचिवमा रेशम अधिकारी निर्वाचित हुनुभएको छ । सदस्यमा दीपक सापकोटा, अनिल थापा, मोहन सुवेदी, गोपाल संग्रौला, लक्ष्मी कोइराला र विकास गुरुङ निर्वाचित हुुनुभएको थियो । दुई सदस्य पछि मनोनित गरिने नवनिर्वाचित सचिव तिवारीले जानकारी दिनुभयो । (रासस)

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस