काँग्रेसद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ, ६ पुस :
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न ४ः०० बजे बस्ने बैठकमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, जनता समाजवादी पार्टीलगायत दलका शीर्ष नेतालाई बोलाइएको पार्टी कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्ले आइतबार निर्णय गरेको प्रतिनिधिसभा विघट्नको सिफारिसअनुसार राष्ट्रपतिले सङ्घीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी विसं २०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्नुभएको थियो । (रासस)

संबन्धित शिर्षकहरु

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरुलाई ट्रम्पको निर्देशन

भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको ज्यान गयो, तापक्रम ४६ डिग्रीभन्दा माथि