नेकपा केन्द्रीय कमिटी बैठक जारीः गौतम र थापा दुवै बैठकमा अनुपस्थित

s]Gb|Lo sld6L a}7s sf7df8f}F, & k'; . g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf cWoIf k'iksdn bfxfnsf] cWoIftfdf dªunaf/ a;]sf] s]Gb|Lo sld6L a}7sdf jli7 g]tf4o emngfy vgfn / dfwjs'df/ g]kfnnufot ;xefuL g]tf . t:jL/M k|bLk/fh jGt, /f;;

काठमाडौँ, ७ पुस :
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को केन्द्रीय कमिटीको बैठक जारी रहेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल पक्षको बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा चलिरहेको छ ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल र पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बोलिसक्नुभएको र अध्यक्ष दाहालले बोल्दै हुनुहुन्छ । आजको दुवै बैठकमा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा उपस्थित हुनुभएको छैन । प्रतिनिधिसभा विघटन भएपछि नेकपाका दुई समूहले आज छुट्टाछुट्टै केन्द्रीय कमिटी आह्वान गरेका छन् ।

यसअघि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको थियो । तत्कालीन नेकपा ९एमाले ० र नेकपा ९माओवादी केन्द्र०बीच एकता भई २०७५ जेठ ३ गते नेकपा गठन भएको थियो । (रासस)

संबन्धित शिर्षकहरु

लगातार ३ दिन घटेकाे शेयर बजार आज सामान्य बढ्याे

राखेपले एन्फामाथिकाे निलम्बन फुकुवा गर्‍याे

बढ्दो बेरुजुप्रति राष्ट्रपतिको चिन्ता, सार्वजनिक निकायलाई जवाफदेही बन्न निर्देशन