किराँती समुदायको चासोक तङ्नाम पर्व

tfKn]h'ª, @% dªl;/ k/Dk/fut klx/gdf ls/fFt ;d'bfosf o'jtL tfKn]h'ª ;b/d'sfddf a'waf/ cfof]lht ls/fFt ;d'bfosf] kj{ rf;f]s tªgfd sfo{qmddf k/Dk/fut klx/gdf ;lhPsf ls/fFt ;d'bfosf o'jtL . t:jL/M ;Gtf]if k's'{6L÷/f;;

गण्डकी, १५ पुस :
नेपालका आदिवासी किराँत लिम्बू समुदायको महानचाड ‘चासोक तङ्नाम’ विविध सांस्कृतिक पूजाआजा गरी देशभर मनाइँदै छ । यस पर्वमा घरमा भित्र्ययाइएको नयाँ अन्नबाली कुलदेवता युमामा चढाइसकेपछि खानको लागि अनुमति लिने चलन छ ।

तङ्नामको अवसरमा नयाँ अन्नबालीबाट बनाइएका परिकार खाने चलन छ । तङ्सिङ, च्याब्रुङ ९के० बजाएर केलाङ, याःलाङ, हाक्पारे, ख्याली, तुवा र ताम्के गाउँदै याक्वा सेवा गरिन्छ । पङ्लुङ, लितोङजस्ता साँस्कृतिक खेल पनि खेलाइन्छ । पछिल्लो समय चासोक तङ्नामको अवसरमा लिम्बू समुदायमा शुभकामना आदानप्रदान, आत्मियता र सद्भाव साटासाट गरी मनाउने चलन पनि विकसित हुँदै गएको छ ।

प्रकृति पुजक लिम्बू समुदायले प्रकृतिको पूजा गर्दै यो चाड धुमधामका साथ मनाउने गर्दछन् । यसवर्ष ताप्लेजुङमा विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणका कारण भव्य कार्यक्रम गरिएको छैन । स्वास्थ्य सुरक्षा मापदण्डलाई ख्याल गर्दै सामान्य शुभकामना कार्यक्रम मात्र गरिने किराँत याक्थुङ चुम्लुङ, ताप्लेजुङ कार्यवाहक अध्यक्ष डिबी पालुङ्वाले बताउनुभयो ।

नेपालभर किराँत लिम्बू समुदायले चासोक तङ्नाम मनाउँछन् भने राई र सुनुवार समुदायले यस चाडलाई साकेला ९उधौली० भनि मनाउने गर्दछन् । चासोक तङ्नामसँगै तमू समुदायले ल्होसार ९नयाँ वर्ष० मनाउने गर्दछन् । आज नै नेपालभर रहेका तमू समुदायले तमू ल्होसार मनाउँदै छन् ।(रासस)

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा