किराँती समुदायको चासोक तङ्नाम पर्व

tfKn]h'ª, @% dªl;/ k/Dk/fut klx/gdf ls/fFt ;d'bfosf o'jtL tfKn]h'ª ;b/d'sfddf a'waf/ cfof]lht ls/fFt ;d'bfosf] kj{ rf;f]s tªgfd sfo{qmddf k/Dk/fut klx/gdf ;lhPsf ls/fFt ;d'bfosf o'jtL . t:jL/M ;Gtf]if k's'{6L÷/f;;

गण्डकी, १५ पुस :
नेपालका आदिवासी किराँत लिम्बू समुदायको महानचाड ‘चासोक तङ्नाम’ विविध सांस्कृतिक पूजाआजा गरी देशभर मनाइँदै छ । यस पर्वमा घरमा भित्र्ययाइएको नयाँ अन्नबाली कुलदेवता युमामा चढाइसकेपछि खानको लागि अनुमति लिने चलन छ ।

तङ्नामको अवसरमा नयाँ अन्नबालीबाट बनाइएका परिकार खाने चलन छ । तङ्सिङ, च्याब्रुङ ९के० बजाएर केलाङ, याःलाङ, हाक्पारे, ख्याली, तुवा र ताम्के गाउँदै याक्वा सेवा गरिन्छ । पङ्लुङ, लितोङजस्ता साँस्कृतिक खेल पनि खेलाइन्छ । पछिल्लो समय चासोक तङ्नामको अवसरमा लिम्बू समुदायमा शुभकामना आदानप्रदान, आत्मियता र सद्भाव साटासाट गरी मनाउने चलन पनि विकसित हुँदै गएको छ ।

प्रकृति पुजक लिम्बू समुदायले प्रकृतिको पूजा गर्दै यो चाड धुमधामका साथ मनाउने गर्दछन् । यसवर्ष ताप्लेजुङमा विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणका कारण भव्य कार्यक्रम गरिएको छैन । स्वास्थ्य सुरक्षा मापदण्डलाई ख्याल गर्दै सामान्य शुभकामना कार्यक्रम मात्र गरिने किराँत याक्थुङ चुम्लुङ, ताप्लेजुङ कार्यवाहक अध्यक्ष डिबी पालुङ्वाले बताउनुभयो ।

नेपालभर किराँत लिम्बू समुदायले चासोक तङ्नाम मनाउँछन् भने राई र सुनुवार समुदायले यस चाडलाई साकेला ९उधौली० भनि मनाउने गर्दछन् । चासोक तङ्नामसँगै तमू समुदायले ल्होसार ९नयाँ वर्ष० मनाउने गर्दछन् । आज नै नेपालभर रहेका तमू समुदायले तमू ल्होसार मनाउँदै छन् ।(रासस)

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस