वाग्मती समाचार : स्थानीय तहका लागि कर्मचारी माग

वाग्मती, १२ माघ :
वाग्मती प्रदेशअन्तर्गत १३ जिल्लामा रहेका पालिकालाई लक्षित गरी प्रदेश लोकसेवा आयोगले पहिलोपटक १७४ अधिकृतस्तरका कर्मचारी माग गरेको छ ।

प्रदेशका विभिन्न स्थानीय तहले विभिन्न पदका लागि कर्मचारी माग गरेका आधारमा ती सङ्ख्यामा कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोगका निमित्त सचिव भोला दाहालले जानकारी दिनुभयो ।

आयोगले प्रशासनतर्फका ५९ र बाँकी सबै प्राविधिकतर्फका कर्मचारी माग गरेको हो । उहाँले १४९ खुलाबाट र २५ बढुवातर्फका कर्मचारी ९हाल स्थानीय तहमा एक तहमुनि तहमा कार्यरत० माग गरेको बताउनुभयो ।

माग गरिएका कर्मचारीमा लेखातर्फका छ , शिक्षामा छ , तथ्याङ्कमा एक , सिभिल इञ्जिनीयरतर्फका १४ , बिल्डिङतर्फका इञ्जिनीयर दुई , वातावरण इञ्जिनीयर एक , कृषि प्रसारमा २५ , कृषि बागवानीमा एक , कृषि बाली संरक्षणमा दुई , पोल्टी डेरी डेभलपमेन्टमा नौ , मत्स्यमा एक , भेटनरीमा १९ , कृषि एग्रीमा एक कर्मचारी रहेका छन् ।

आयोगले स्थानीय तहबाट आवश्यक माग गरिएका कर्मचारी माग गरेकोे हो । प्रदेशका मन्त्रालयबाट कुनै पनि कर्मचारी यसपटक माग गरिएको छैन ।

माग गरिएका स्थानीय तहका कर्मचारी विकट क्षेत्रका स्थानीय तहमा आवश्यक रहेको र करारमा राख्नका लागिसमेत अभाव भएकाले आयोगमार्फत कर्मचारी माग गर्ने गरेका छन् । प्रदेशको यसअघि चौथो र पाँचौँ तहका कर्मचारी माग गरेको आयोगले अहिले भने छैटौँ अधिकृतस्तरका कर्मचारी माग गरेको हो ।

लागुऔषध गाँजाखेती फँडानी गरी नष्ट

मकवानपुरको कैलाश गाउँपालिकाअन्तर्गत वडा नं १० का विभिन्न स्थानमा करीव छ बिघामा लगाइएको लागुऔषध गाँजाखेती प्रहरीले फँडानी गरी नष्ट गरेको छ ।

कोगोपिराङ, बेडीघारी, सल्लनीलगायतका विभिन्न स्थानमा गरी कूल छ बिघा क्षेत्रफलमा लगाएको लागुऔषध गाँजाखेती फँडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, प्रहरी गण रातोमाटे र दङ्गा नियन्त्रण प्रहरी गणबाट खटिएको संयुक्त प्रहरी टोलीले गाँजाखेती फँडानी गरी नष्ट गरेको हो ।

यसैबीच प्रहरीले चार वर्षदेखि जबर्जस्ती करणी मुद्दामा फरार एक जनालाई पक्राउ गरी जिल्ला अदालतमा पठाएको छ । जबर्जस्ती करणी मुद्दामा तीन वर्ष ११ महिना कैद भुक्तान गर्न बाँकी रहेका मनहरी गाउँपालिका– २ का ३४ वर्षीय जीवन स्याङ्बोलाई हेटाँैडा उपमहानगरपालिका–१० बाट प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत ले २०७३÷०२÷२६ मा गरेको फैसलाअनुसार सजाय तोकी फरार रहेका स्याङ्बोलाई प्रहरीले पक्राउ गरी कैद तथा जरिवाना भुक्तानका लागि अदालतमा पठाएको हो ।(रासस)

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी