परेवाकोट कृषि तथा पर्यटन महोत्सव : तयारी अन्तिम चरणमा 

चिवतन, १९  फागुन :

चितवनको पर्यटकिय स्थल परेवाकोटलाई केन्द्रबिन्दु बनाई फाल्गुन २१ गतेबाट हुन लागिएको प्रथम परेवाकोट कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको स्टल निर्माण, मुल गेट निर्माण, मञ्च निर्माण लगायतका संरचना निर्माणका कामहरु अन्तिम चरणमा पुगेको महोत्सव मुल आयोजक समितिका संयोजक सानुबाबु बर्तौलाले जानकारी दिए ।

उनले महोत्सव परिसरमा आवश्यक सबै खालको व्यवस्था गरिएको बताए । सुरक्षा व्यवस्था मजबुत बनाउने, मेला व्यवस्थापनका लागि तयारी, बाल उद्यान व्यवस्थापन लगायत सम्पुर्ण काम अन्तिम चरणमा रहेको छ ।

विविध जाति, भाष अनि सँस्कृति, कृषि पर्यटन र उद्योगमा सम्बृद्ध राप्ती भन्ने मुल नाराका साथ आयोजित महोत्सवले स्थानीय कृषि, पर्यटन र व्यवसायिक प्रबद्र्धनमा भुमिका खेल्ने आयोजकको भनाई छ । महोत्सव सफल बनाउन आयोजकले विभिन्न संघसंस्था, जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया समेत गरिरहेको । मुख्य आकर्षण गिठ्ठाको म म र सरोज प्रजाको अविष्कार महोत्सवको मुख्य आकर्षणको रुपमा गिठ्ठाको म म बनाइने भएको छ ।

चेपागं जातिले खानाकै रुपमा प्रयोग गर्दै आइरहेको गिठ्ठा को म म बनाएर बजारीकरणको सम्भावना खोजिने महोत्सव आयोजक संस्था लोथर उपभोक्ता समितिका अध्यक्ष मान बहादुर स्यांबोको भनाई छ । उनले लोपोन्मुख औषधियुक्त सिस्नुको पनि विविध परिकार बनाइले उल्लेख गरे ।

त्यस्तै युवा बैज्ञानिकको रुपमा चर्चा कमाएका सरोज प्रजाको अविष्कार पनि प्रदर्शनीमा राखिने आयोजक संस्था बुलबुल इन्टरटेन्टमेन्ट एण्ड मिडिया प्रा. लि. का ज्ञानेन्द्र तामागंको भनाई छ । यसबाहेक चेपागं कलाकारहरुको दैनिक प्रस्तुति, प्रथम परेवाकोट डान्स आइडल, विविध साँस्कृतिक प्रस्तुतिहरु महोत्सवको आकर्षणको रुपमा रहनेछ ।

परेवाश्वरी सामुदायिक वन उपभोक्त समुह, लोथर उपभोक्ता समिति चितवन, युवा जागृति क्लब र बुलबुल इन्टरटेन्टमेन्ट एण्ड मिडिया प्रा. लि आयोजक रहेको महोत्सवको संरक्षक राप्ती नगरपालिका रहेको छ भने सहआयोजक मेघनाथ स्मृति प्रतिष्ठा रहेको छ ।

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने