तोलामा २०० ले घट्यो सुनको मूल्य

काठमाडौँ, २६ माघ –
स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा रु २०० ले घटेको छ । छापावाला सुन तोलामा रु ९० हजार ४०० मा कारोवार भएको छ । छापावाला सुन आइतबार तोलामा रु ९० हजार ६०० मा कारोवार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन पनि तोलामा रु २०० ले घटेको छ । रु ९० हजार १५० मा आइतबार कारोवार भएको तेजाबी सुन आज रु ८९ हजार ९५०मूल्य निर्धारण भएको छ । त्यस्तै चाँदी तोलामा रु पाँचले बढेको छ । रु एक हजार ३१० मा आइतबार कारोवार भएको चाँदी आज तोलामा रु एक हजार ३१५ मूल्य निर्धारण भएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस