एमालेका ३२ सांसदलाई स्पष्टीकरण

काठमाडौँ, ७ वैशाख :
नेकपा (एमाले)ले पार्टीका नेता माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेको छ । पार्टीको आज बसेको केन्द्रीय महाविधेशन आयोजक कमिटीले पार्टी गतिविधि र संसदीय दलको अनुशासन उल्लघङ्न गरेका आरोपमा २७ सङ्घीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको हो ।

सबैलाई एमालेको विधान २०४९ (संशोधन २०७१) र राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको व्यवस्थानुसार स्पष्टीकरण सोधिएको एमाले कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । पार्टी अध्यक्ष तथा ९एमाले० संसदीय दलका नेता केपी शर्मा ओलीले सोध्नुभएको स्पष्टीकरणको पत्र आजै ती नेतालाई पठाइएको छ । उहाँका अनुसार दुई दिनभित्र स्पष्टीकरणको जवाफ पेश गर्न निर्देशन दिइएको छ ।

उहाँहरु सबैलाई एमालेको विधान २०४९ ९संशोधन २०७१० को धारा ४९ ९क० ९१० देखि ९७० र ९१२० र ९१४० मा भएका व्यवस्थाविपरीत अनुशासन उल्लङ्घन गरेकाले विधानको धारा ४९ ९ख० ९ग० धारा ५० बमोजिम र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १९ग० बमोजिम कारवाही किन नगर्ने भनेर स्पष्टीकरण सोधिएको छ । उहाँका अनुसार स्पष्टीकरण सोधिनेमा पूर्वप्रधानमन्त्री नेपाल र झलनाथ खनालसहित भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराई, प्रकाश ज्वाला, झपट रावल, मेटमणि चौधरी, रामकुमारी झाँक्रीलगायत रहनुभएको छ ।

यसअघि पार्टीले नेता नेपालसहित, रावल, भुसाल र पाण्डेलाई छ महीनाका लागि पार्टीबाट निलम्वन गरेको थियो ।(रासस)

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा