न्यायाधीश चुुँडाल र सुवेदीबाट शपथ

sf7df8f}F, * j}zfv M GofofwLznfO{ zky ;df/f]x k|wfgGofofwLz rf]n]Gb|zDz]/ ha/faf6 ;jf]{Rr cbfntdf a''waf/ cfof]lht zky u|x0f ;df/f]xdf ;xefuL . tl:a/ M rGb|snf If]qL÷/f;;

काठमाडौँ, ८ वैशाख :
सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुँडाल र नहकुल सुवेदीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उहाँहरु दुवैलाई शपथ गराउनुभएको हो ।

शपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, न्याय परिषद्का सदस्य र सर्वोच्च अदालतका न्यायाधीश सहभागी हुनुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरु दुवैलाई सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि यही सोमबार नियुक्त गर्नुभएको थियो ।(रासस)

संबन्धित शिर्षकहरु

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरुलाई ट्रम्पको निर्देशन

भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको ज्यान गयो, तापक्रम ४६ डिग्रीभन्दा माथि