सुमन पाैडेल
चितवन, २ जेठ : नेपाली जनसम्पर्क समिति क्यानाडाको तेस्रो अधिवेशनबाट अध्यक्षमा उदय दुुुरा सर्वसम्मत चयन भएका छन् । अधिवेशनबाट २३ सदस्यीय कार्यसमितिकाे छनौट गरिएको छ । अनलाइन माध्यमबाट भएकाे कार्यक्रममा नेपाली कांग्रेस क्यानडाका सल्लाहकार एवं नेता प्रकाश ज्ञवाली प्रमुख अतिथि रहनुभएकाे थियाे । कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका केन्द्रिय सचिव एवं प्रध्यापक बासुदेव भण्डारी र चितवन कांग्रेसका लोकप्रिय नेता राजेश्वर खनाल विशिष्ट अतिथि रहनु भएको थियो ।
त्यसैगरी अतिथिहरुमा कांग्रेस क्यानडाका नेताहरु राजकुमार महत, नेपाली जनसंपर्क समिति क्यानडाका पूर्व सल्लाहकार दिपक सापकोटा, कांग्रेस नेता ऋषि तिवारी, महिला चौतारी समाजका क्यानडाका अध्यक्ष गिता दवाडी j.p फाउण्डेसनका नेता ज्ञान गौतम, विद्याभुषण कार्कीलगायतले कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो । समितिका निवर्तमान उपसभापति महेश लेखकले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमलाई समितिका महामन्त्री लीलाधर न्यौपानेले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम समितिका सभापति रामबाबु थापा थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बाेल्दै नवनिर्वाचित अध्यक्ष दुराले आगामी कार्यकालमा भाइचाराको सम्बन्ध विस्तार गर्दै साझा संस्थाका रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो ।





