ईटालीमा अहिलेसम्मकै सबैभन्दा बढी गर्मी, तापक्रम ४८ डिग्री पुग्याे

काठमाडौं, २८ साउन :

इटालीको आइल्याण्ड सिसिलीमा अत्यधिक गर्मी बढेर युरोपकै अहिलेसम्मको उच्च तापक्रमको रेकर्ड तोडेको छ । सिसिलीको तापक्रम ४८ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ ।

विश्व मौसम संगठन (डब्लुएमओ) का अनुसार अहिलेसम्म युरोपमा मापन भएको उच्च तापक्रम ४८ डिग्री सेल्सियस हो । लुसेफर नाम गरेको एन्टिसाइक्लोनका कारण इटलीमा अहिले अत्यधिक गर्मी बढेको हो ।

अफ्रिकाबाट आएको लुसेफर नामक तातो हावाका कारण इटली गर्मी बढेको जनाइएको छ । उच्च वायुमण्डलीय दबाबका कारण भूमरी बनेर अघि बढेको हो ।

यो भूमरी राजधानी रोमतर्फ अघि बढेको र अन्य शहरहरु पनि गर्मीको चपेटामा पर्ने चेतावनी दिइएको छ । – एजेन्सी

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी