डिबाला र मोराटाको गोलमा युभेन्ट्सको जित

काठमाडौं, १५ मंसिर :

अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला र स्पेनिस फरवार्ड अल्भारो मोराटाको गोलमा इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले घरेलु टोली सालेरनिटानालाई २–० ले पराजित गरेको हो ।

खेलको २१ औं मिनेटमा डिजान कुलुसेभ्स्कीको पासमा डिबालाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा जर्जियो चिलियनीले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।

त्यसपछि ७० औं मिनेटमा फेडरिको बर्नरडेस्चीको पासमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई २–० को जित दिलाए । यस्तै, इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा डिबालाले पेनाल्टीमा गोल गर्न सकेनन् । उनले बाहिर प्रहार गरे ।

जितसँगै युभेन्ट्स १५ खेलबाट २४ अंक जोडर सातौं स्थानमा यथावत रहेको छ । पराजित सालेरनिटाना ८ अंक जोडेर पुछारमा रहेको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस