नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं, १९ पुष :

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्न लागेकाे हाे । बैठकले पदाधिकारीको चयन गर्ने माओवादी केन्द्रले जनाइएको छ ।

आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए जसलाई हलले पास गरेको थियो। त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस