ज्योति लाइफ चितवन शाखामा अभिकर्ता आधारभुत तालिम सम्पन्न, २ दर्जन बढीको सहभागिता

नारायणगढ, चैत्र १९ ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चितवन शाखामा अभिकर्ता आधारभुत तालिम शनिबार सम्पन्न भएको छ । कम्पनिको चितवन हेटौंडा नवलपुर क्षेत्रका एरिया सेल्स म्यानेजर इश्वर बिकल सापकोटाले कार्यक्रममा प्रमुख प्रशिक्षकको भुमिका निर्वाह गर्नु भएको थियो ।

सो अवसरमा सहभागीहरुलाइ प्रशिक्षित गर्दै सापकोटाले जीवन बीमाको महत्व, बर्तमान अवस्थामा यसको आवश्यकता र ज्योति लाइफका बिशेषता लगायतकाबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा २५ जना नयाँ अभिकर्ताहरुको उपस्थिति रहेको थियो । चितवन शाखाका शाखा प्रबन्धक मुकुन्द भुसालले सहजीकरण गर्नु भएको कार्यक्रममा सेल्स एक्ज्युकेटिभ सन्जय पुडासैनी लगायत सिनियर एजेन्सी म्यानेजर देखि अभिकर्ताहरु सम्मको उल्लेखनिय सहभागिता रहेको थियो ।

संबन्धित शिर्षकहरु

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरुलाई ट्रम्पको निर्देशन

भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको ज्यान गयो, तापक्रम ४६ डिग्रीभन्दा माथि