शेयर बजारमा सामान्य सुधार, कारोबार डेढ अर्बमै सीमित

काठमाडाैं, ६ बैशाख :

निरन्तर वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजारमा मंगलबार सामान्य सुधार आयो ।

उतार चढावबीच बजार परिसूचक नेप्से १३ अंकले उकालो लागेर २३ सय ५७ अंक कायमभयो । कारोबार भने थप खुम्चिएर सवा अर्ब हाराहारीमै सीमित भयो । कारोबार भएका सबै समूह सकारात्मक रहँदा जीवन बीमा समूहमा सबैभन्दा उच्च सय अंक बराबरको वृद्धि आयो । अरु बढीजसो समूह दोहोरो अंकले सकारात्मकरहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २९ कम्पनीको ३२ लाख १३ हजार कित्ता शेयर जम्मा १ अर्ब ३३ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय २५ कम्पनीको शेयर मूल्य बढ्दा ५१ को घट्यो भने १९ कम्पनीको मूल्य स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी