आइतबार चोरमारामा सडक अवरुद्ध हुने

नवलपुर, २० जेठ : 

यही जेठ २२ गते आइतबार पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी ( बर्दघाट–सुस्तापूर्व ) को चोरमारामा छ घण्टा सडक अवरुद्ध हुने भएको छ । सो स्थानको गिरुबारी खोलाको पुल मर्मतका लागि सडक अवरुद्ध हुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार बिहान ८ बजदेखि दिउँसो २ बजेसम्म पुल मर्मतका हुने छ । पुलको बीच भाडमा भ्वाङ परेका कारण यातायात आवागमन बन्द गरेर नियमित मर्मतसम्भारको काम गर्न लागिएको प्रजिअ घिमिरेले बताउनुभयो ।

उक्त खण्डको वैकल्पिक सडक प्रयोग गर्न समेत प्रशासनले अनुरोध गरेको छ । विस्तारका क्रममा पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डमा पुराना फलामे पुल पुराना भएकाले मर्मत गर्दै यातायात सञ्चालन गर्नुपर्ने बाध्यता छ । राजमार्ग विस्तारसँगै पुराना फलामका पुल विस्थापित गरी नयाँ पक्की पुल बनाउनका लागि संरचना निर्माणको कामसमेत भइरहेको छ । (रासस )

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस