काठमाडौं, २७ जेष्ठ :
यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगल र स्पेन विजयी भएका छन् ।
पोर्चुगलले चेक रिपब्लिकलाई तथा स्पेनले स्वीट्जरल्यान्डलाई पराजित गरेका हुन् । बिहीबार राति भएको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २–० ले हराएको हो । आफ्नै देशमा भएको खेलमा पोर्चुगललाई विजयी गराउन हुवाँ क्यान्सेलो र गोन्कालो गुएडेजले एक एक गोल गरे । खेलको ३३ औं मिनेटमा कान्सेलोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।
त्यसपछि ३८ औं मिनेटमा गुएडेसले गोल गर्दै पोर्चुगललाई २–० को जित दिलाए । बिहीबार राति नै भएको अर्काे खेलमा स्पेनले स्विजरल्याण्डलाई १–० ले हराएको हो । स्पेनका लागि खेलको १३ औं मिनेटमा लोरेन्टको पासमा पाब्लो सराबियाले निर्णायक गोल गरेका हुन् । जितसँगै पोर्चुगलले समुह ए–२ मा अग्रता लिएको छ ।
तीन खेलबाट पोर्चुगलको सात अंक छ । समान खेलबाट ५ अंक जोडेको स्पेन दोस्रो स्थानमा रहँदा ४ अंक जोडेको चेक रिपब्लिक तेस्रो स्थानमा छ ।
पुछारमा रहेको स्विट्जरल्याण्डले भने अंक जोड्न सकेको छैन ।



