विश्व क्रिकेटमा नेपाल र नामिबियाबीच आज प्रतिस्पर्धा हुँदै

काठमाडौं, ३२ असार :

आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शनिबार) नामिबियासँग दोस्रो खेल खेल्ने भएकाे छ ।

पहिलो खेलमा पराजित नेपालले नामिबियासँग हारको बदला लिने लक्ष्यमा हुनेछ । श्रृंखलाको पहिलो खेलमा पराजित भएको नामिबिया पनि नेपालमाथि जित निकाल्दै तालिकामा स्थान सुधार गर्ने लक्ष्यमा रहेकाे छ ।

आइसीसी विश्व क्रिकेट लिग–२ को अंक तालिकामा ३६ खेलमध्ये अहिलेसम्म १८ खेल खेलको नेपाल १७ अंकका साथ पाचौं स्थानमा रहेकाे छ ।

शनिबार हुने खेलमा नेपालले जित निकाल्दै चौथो स्थानमा रहेको अमेरिकासँगको अंक दूरी घटाउने लक्ष्यमा रहेकाे छ । २४ खेल खेलको अमेरिकाले तालिमा २३ अंक जोडेको छ । त्यस्तै नामिबियाको १७ खेलबाट १६ अंक रहेको छ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी