युक्रेनमा स्वतन्त्रता दिवस मनाउन प्रतिबन्ध

काठमाडौं, ७ भाद्र :

युक्रेनमा ३१ औँ स्वतन्त्रता दिवसलाई सार्वजनिक रूपमा मनाउन प्रतिबन्ध लगाईएको छ । यहि अगस्ट २४ तारिकमा स्वतन्त्रता दिवस परेकाे छ । तर साेही दिवसलाई सार्वजनिक रुपमा नमनाउन भनिएको हो ।

रुसी सेनबाट हुनसक्ने सम्भावित आक्रमणलाई ध्यान दिंदै सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेको स्मरणमा गरिने कार्यक्रम नमनाउन आग्रह गरिएको हो । युक्रेनको दक्षिणी क्षेत्रमा रुसले निरन्तर आक्रमण जारी राखेको छ भने युरोपकै सबै भन्दा ठूलो आणविक भट्टीसहितका क्षेत्र रुसी कब्जामा रहेका छन् ।

गत साता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबारको युक्रेनको ३१ औँ स्वतन्त्रता दिवसको अवसरमा रुसबाट अझै शक्तिशाली आक्रमण हुनसक्ने खतरा रहेको चेतावनी दिंदै सचेत रहन युक्रेनी सेना र सर्वसाधारणलाई अपील गरिसक्नु भएको छ ।

युक्रेनले प्रत्येक वर्ष अगष्ट २४ तारिक स्वतन्त्रता दिवस भब्य रुपमा मनाउँदै आएको थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा