शेयर बजार झन्डै २२ अङ्कले घट्याे

काठमाण्डाै, १५ भदौ :

शेयर बजार आज बुधवार झन्डै २२ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ९७ अङ्कले घटेर एक हजार नौ सय ७३ दशमलव ३८ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओेरालो लागेको छ ।

नेप्से दाेहाेराे अङ्कले घटेकाे दिन दुई सय २४ वटा कम्पनीको २९ लाख ९२ हजार कित्ता शेयर एक अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज हिमालयन पावर पार्टनरको शेयर सबैभन्दा धेरै झन्डै सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आरबीबी म्युचल फन्ड १ र नेपाल इन्भेस्टमेन्ट बैंकको डिबेन्चर झन्डै दुई प्रतिशतले बढेको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा