लिभरपुलले न्युकासल युनाईटेडलाई हरायो

काठमाडौं, १६ भाद्र :

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले न्युकासल युनाईटेडलाई हराएको छ ।

बुधबार राति भएको खेलमा लिभरपुलले न्युकासल युनाईटेडलाई २–१ ले हराएको हो । लिभरपुलका लागि रोबर्टो फिर्मिनो र फाबियो कार्भाल्होले एक एक गोल गरे भने न्युकासलका लागि एलेक्सान्डर इसाकले एक गोल गरे ।

खेलको ३८ औं मिनेटमा इसाकले गोल गर्दै न्युकासललाई सुरूवाती अग्रता दिलाएका थिए । तर, ६१ औं मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा कार्भाल्होले गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए । जितसँगै लिभरपुल ५ खेलबाट ८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

पराजित न्युकासल ६ अंक जोडेर ११ औं स्थानमा छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस