सत्ता गठबन्धनको बैठक ३ बजे बस्दै

????????, ?? ??????? ????????????? ????? ??????????? ?????? ????? ????? ????????? ????? ??????? ?????? ?????? ????????????? ????????? ?????, ?????(??????? ???????)?? ??????? ???????? ?????, ?????(?????? ????????)?? ??????? ????????? ????? ??????? ??????? ? ?????? ? ???? ???????, ????

काठमाडौं, १९ भदौ :

आगामी निर्वाचनमा सिट बाँडफाँटबारे सत्ता गठबन्धन दल निर्णायक छलफलमा जुटेका छन् । पार्टीभित्र दुई दिनसम्म छलफल गरेका दलहरु आज आइतबार पनि छलफलमा जुट्दैछन् ।

गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्यहरुको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकअघि नेताहरुले पार्टीभित्र र अन्तरपार्टीसमेत छलफल गरेका छन् ।

कार्यदलमा पाँच दलले आ–आफ्नै दाबी पेश गरेका छन् । १६५ निर्वाचन क्षेत्रमा २ सय ३४ क्षेत्रका लागि आ–आफ्नै दाबी परेको छ।

कांग्रेसले १०० सिटमा दाबी गर्दा माओवादीले ६० सिट नछाड्ने अडान लिएको छ। त्यस्तै एकीकृत समाजवादीले ४० सिट दाबी गर्दै आएको छ । यस्तै जनता समाजवादीले ३२ तथा राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेको छ ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस