नेपाली क्रिकेट टोली बुधबार स्वदेश फर्कंदै

काठमाडौं, २१ भदौ :

नेपाली राष्ट्रिय क्रिकेट टोली केन्या भ्रमण सकेर बुधबार स्वदेश फर्कने भएका छन् ।

नेपाली टोली बुधबार बिहान आइपुग्ने नेपाल क्रिकेट संघ ९क्यान० का क्रिकेट व्यवस्थापक विनोद दासले जानकारी दिनुभयो ।

नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३–२ ले जितेको थियो । ३ खेलको एकदिवसीय सिरिज ३–० ले क्लिन स्विप गरेको थियो ।

नेपाल आए पछि सबै खेलाडी नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट खेलका लागि आ–आफ्नो टोलीसँग जोडिने छन् । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुँदै छ ।

पुरुष क्रिकेट भने भदौ २३ गतेबाट सञ्चालन हुँदै छ ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा