नेपाल भलिबल संघले आज नयाँ नेतृत्व चयन गर्दै

काठमाडौं, २२ भदौ :

नेपाल भलिबल संघको चुनावी साधारण सभा आज बुधबार हुँदैछ ।

राष्ट्रिय खेलकुद ऐनको ढिलासुस्ती र कोरोना महामारीको कारण दुई वर्ष ढिलो हुन लागेको यो साधारण सभाले आगामी चार वर्षका लागि नेपाली भलिबलको नयाँ नेतृत्व चयन गर्नेछ ।

नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्र चन्द चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । मास्केको प्यानलबाट महासचिवमा मनवीर छन्त्याल छन् भने चन्दको प्यानलबाट रोशन श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

संघको निर्वाचनमा यसपटक १ सय ३१ जना मतदाता कायम भएका छन् । संघको वर्तमान कार्यसमिति, ७७ जिल्ला, प्रत्येक प्रदेशबाट दुई जना, रेफ्री, खेलाडी र क्लब गरि १ सय ३१ जनाले आजको निर्वाचनमा मतदान गर्नेछन् ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा