वाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं, २२ भदौ :

आज वाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सञ्जिव अधिकारीका अनुसार आज दिउँसो वाग्मती प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

वाग्मती प्रदेशका एकरदुई ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो वर्षाको सम्भावना रहेकोले पहाडी क्षेत्रमा भू–क्षय, पहिरो तथा बाढीको जोखिम रहेको छ । साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्को अनुरोध छ ।

मौसमविद्का अनुसार आज वाग्मती, गण्डकी र प्रदेश १ का केही ठाउँमा र बाँकी प्रदेशका एक दुई ठाउँमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । अहिले वाग्मती र गण्डकी प्रदेशको मौसम बद्ली भएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस