अन्तिम घडीमा आएर एसइई परीक्षा स्थगित

काठमाडौं, ५ चैत :

सरकारले अन्तिम घडीमा आएर एसइई परीक्षा रोक्ने निर्णय गरेको छ ।

बिहीबार (भोलि) बिहानदेखि सुरु हुने सबै तयारी भइसकेको अवस्थामा बुधबार साँझ परीक्षा स्थगित गर्ने निर्णय गरिएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

विद्यार्थीहरुलाई कोरोनाको जोखिमबाट जोगाउने उद्देश्यले अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको हो ।

यस वर्ष दुई लाख ३९ हजार ९१ छात्र र दुई लाख ४३ हजार ६१६ जना छात्रा गरी चार लाख ८२ हजार २१९ विद्यार्थीले परीक्षाको तयारी गरेका थिए ।

परीक्षाका लागि देशभर एक हजार ९९५ ओटा परीक्षा केन्द्र तोकिएका थिए भने सुरक्षाकर्मीदेखि कर्मचारी सबै परीक्षा केन्द्रमा पुगिसकेका छन् ।

यस्तै, विश्वविद्यालयहरुले लिने सबै परीक्षा पनि स्थगित गर्ने निर्णय सरकारले गरेको छ ।

संबन्धित शिर्षकहरु

यमनमा हुथी विद्रोहीकाे आक्रमणमा परी ५ सय सरकारी सैनिकको ज्यान गयाे, १५ सय घाइते

इन्डोनेसियामा पानीजहाज दुर्घटना हुँदा ६ जनाको निधन, १३० बेपत्ता

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतकाे अफगानिस्तानमाथि सहज जित