भारतलाई ३-१ ले हराउँदै नेपाल साफ यू-१७ फुटबलको सेमिफाइनलमा

काठमाडौं, २४ भदौ : 

भारतलाई हराउँदै नेपाल श्रीलंकामा जारी १७ वर्षमुनिको पुरुष साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

श्रीलंकाको राजधानी कोलम्बोस्थित रेसकोर्स स्टेडियममा आज भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराउँदै नेपाल समूह विजेताको रुपमा साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको हो।

२५ औं मिनेटमा भारतका लागि ड्यानी मेतीले गोल गर्दै अग्रता दिलाए पनि ४५ औं मिनेटमा सरोज दर्लामीले नेपालका लागि बराबरी गोल फर्काए।

लगत्तै खेलको ४९ औँ मिनेटमा नेपालका युनिस बुढाथोकीले दोस्रो गोल गरेपछि खेलमा नेपालले २–१ को अग्रता लियो। त्यसपछि खेलको ६८ औँ मिनेटमा सुभाष बमले अर्को गोल थपेसँगै नेपालले भारतमाथि ३–१ को जित निकालेको हो।

समूह ’बी’ मा रहेका नेपाल र भारत दुवै टोली आजको खेलअघि नै सेमिफाइनलमा पुगिसकेका थिए। जितसँगै ६ अंक जोडेको नेपाल समूहको शीर्ष स्थानमा छ।

नेपालले पहिलो खेलमा भुटानलाई २–१ गोल अन्तरले हराएको थियो भने भारतले पनि भुटानलाई ३–० ले हराएको थियो। (एजेन्सी)

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस