सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी

????????, ?? ??????? ????????????? ????? ??????????? ?????? ????? ????? ????????? ????? ??????? ?????? ?????? ????????????? ????????? ?????, ?????(??????? ???????)?? ??????? ???????? ?????, ?????(?????? ????????)?? ??????? ????????? ????? ??????? ??????? ? ?????? ? ???? ???????, ????

काठमाडौं, २७ भदौ :

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सोमबार पनि बसिरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँटको विषयमा सहमति जुटाउनका लागि शीर्ष नेताहरु नै जुटेका हुन् । गठबन्धनको कार्यदलले कसलाई कति सिट बाँड्ने भन्ने निक्र्यौल गर्न नसकेपछि शीर्ष नेताहरु नै अघि सरेका हुन् ।

कार्यदलले प्रतिनिधि सभा सदस्यका १ सय ६५ सिटमध्ये ९० सिटमा मात्रै सहमति जुटाएको गठबन्धनका एक नेताले बताए । कार्यदलले सहमति जुटेका क्षेत्र र विभिन्न पक्षले दावी गरेका क्षेत्रहरु छुट्याएर नेताहरुलाई सुझाव दिएको छ । समानुपातिक तर्फको मनोनयन गर्ने दिन नजिकिंदै गर्दा सत्तारुढ दललाई सिट बाँडफाँटलाई निष्कर्षमा पुर्याउन अप्ठ्यारो भईरहेको छ ।

आइतबार गठबन्धनका शीर्ष नेताहरूको करिब ४ घण्टा बसेको बैठकमा नेताहरूले आ–आफ्नो पार्टीगत अडान कायमै राखेपछि बैठक निष्कर्षमा पुग्न सकेको थिएन। बैठकमा सिट बाँडफाँटको लागि गठित कार्यदलले हालसम्म भएका प्रगतिबारे शीर्ष नेतालाई जानकारी गराएको थियो ।

बैठकमा सिट बाँडफाँटको लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भएको थियो ।

 

संबन्धित शिर्षकहरु

‘मेटा’ले ठूलो संख्यामा कर्मचारी कटौती गर्दै

अदालतको फैसलाले पार्टीलाई एकताबद्ध र साझा यात्राका लागि वातावरण सिर्जना गर्‍याे : सभापति थापा

आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले आज अमेरिकासँग खेल्दै