राष्ट्रिय नागरिक पार्टीमा आकर्षण बढ्यो, एकैदिन सय बढीले गरे पार्टी प्रवेश

काठमाडौं, २८ भदौ :

राष्ट्र र राष्ट्रियतालाई मुल एजेण्डा बनाइ मुलधारको राजनितिमा अघि बढिरहेको दल राष्ट्रिय नागरिक पार्टीमा मङ्गलबार एकैदिन एक सय भन्दा बढी मानिसहरु प्रवेश गरेका छन् । पार्टी केन्द्रिय कार्यालय काठमाण्डौमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न दल परित्याग गरि उनिहरु नागरिक पार्टीमा प्रवेश गरेका हुन् ।

यसरी प्रवेश गर्नेहरुमा राप्रपाका पुर्व केन्द्रिय सदस्य पवित्रा जोशी, राप्रपाका पुराना नेता योगलाल श्रेष्ठ, पुर्ण घले, गोमा तामाङ्ग लगाएतका रहनुभएको छ । यस्तै, नेकपा एमाले परित्याग गरी दर्जनौ कार्यकर्ता सहित नेता रामलाल श्रेष्ठ प्रवेश गर्नुभएको छ ।

उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै पार्टीका केन्द्रिय अध्यक्ष शुक्र बहादुर गुरुङ्गले नव प्रवेसी नेता तथा कार्यकर्ताहरुलाइ स्वागत गर्नु भयो । साथै उहाले चितवन निर्वाचन क्षेत्र २ बाट संघीय तर्फ नेता एकलाल श्रेष्ठलाई प्रत्यक्ष र नेत्री पबित्रा जोशीलाइ समानुपातिक तर्फ एकल सिफारिस गरिएको पनि जानकारी दिनुभयो ।

मुलुकको हित र निकास अब राष्ट्रिय नागरिक पार्टीबाट मात्र हुनेमा अध्यक्ष गुरुङ्गले जोड दिनुभयो ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव