असोज महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन उपहार घोषणा

काठमाडौं, १६ असोज : सरकारले करदाता प्रोत्साहन उपहारअन्तर्गत असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा गरेको छ । आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमका बीच असोज महिनाको पहिलो पाक्षिक पुरस्कारअन्तर्गत १५ जना र एक जना बम्पर गरी १६ जना विजेता घोषणा गरेको हो । हरेक दिनका दरले १५ जनाले जनही १ लाख र एक जनाले बम्पर उपहारअन्तर्गत १० लाख रुपैयाँ पाएका हुन् ।

विभागका अनुसार नेपाल पेट्रो ल्युब प्राइभेट लिमिटेडबाट २१ हजार रुपैयाँको समान किन्ने कुपन नम्बर ०७३११०२०२५७१ का ग्राहकले बम्पर उपहार जितेका हुन् । घोषणाअनुसार पर्साका लालबाबु साह कानुलाई १० लाख रुपैयाँको बम्पर उपहार परेको छ ।

आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षदेखि ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि २०८३’ कार्यान्वयनमा ल्याएको हो । विभागका अनुसार गएको असोज १ देखि हिजो १५ गतेसम्म अनलाइन र नगद खरिदमा सहभागी भएर बिल लिएका उपभोक्ता ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य थिए ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी