जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पौडेल काठमाडौँ, ३ असार : सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)। तस्बिर : किरणराज विष्ट/रासस

काठमाडौं, १६ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री खडकराज पौडेलले नेपाल वायु सेवा निगम जहाज थपेर मात्र नसुध्रिने बताउनुभएको छ । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री पौडेलले निगमको वर्तमान आर्थिक तथा व्यवस्थापकीय अवस्था निकै नाजुक रहेको बताउनुभएको हो ।

उहाँले संरचनागत सुधार नगरी नेपाल वायुसेवा निगममा थप जहाज भित्र्याउनुको औचित्य नहुने पनि बताउनुभएको छ । उहाँले भन्नुभयो,‘निगमको अहिलेको जस्तै अवस्था कुनै निजी कम्पनीको हुन्थ्यो भने बन्द भइसक्ने थियो ।’ तर निगम नाफा कमाउन मात्र स्थापना भएको संस्था नभएको र राष्ट्रिय ध्वजावाहकका रूपमा पर्यटन, रोजगारी, निजी क्षेत्र र राष्ट्रिय प्रतिष्ठासँग जोडिएको बताउनुभयो ।

मन्त्री पौडेलले यसलाई जोगाउन अब कठोर निर्णय लिनुपर्ने बेला आएको समेत बताउनुभएको छ ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव