गृह मन्त्रालयले अर्को निर्णय नभएसम्म एन–प्याब्सनलाई निलम्बन गर्‍याे

काठमाडौं, १३ कात्तिक : गृह मन्त्रालयले निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन)लाई निलम्बन गरेको छ । मन्त्रालयले आज सूचनामार्फत् अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको जानकारी दिएको हो ।

एन–प्याब्सनमाथि मन्त्रालयले दिएका निर्देशनको पालना नगरेको, संगठनका पदाधिकारीले सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्य विपरीत कार्य गरेकोलगायत आरोप छ ।

निलम्बनको सूचना जारी भएपछि संस्थाका नाममा कुनै पनि समूह वा गुटबाट हुने क्रियाकलाप गैरकानुनी हुने र कारबाही समेत गरिने चेतावनी गृह मन्त्रालयले दिएको छ ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने