भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार

डोल्पामा हिमपात डोल्पा, १४ माघः डोल्पाको जगदुल्ला गाउँपालिका वडा नं २ काइगाउँमा भएको हिमपात । मङ्गलबार रातिदेखि तल्लो डोल्पाको मध्यम र माथिल्लो डोल्पामा भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। तस्बिरः लेखबहादुर बुढा/रासस

काठमाडौं, १६ कात्तिक : ठूलो हिमपातका कारण डोल्पाको शे—फोक्सुण्डो गाउँपालिका ८ दानीगढमा फसेका भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ ।

आज बिहान ६ जना पर्यटकलाई हेलिकोप्टरबाट उद्धार गरेर सकुशल सदरमुकाम दुनै ल्याएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शे—फोक्सुण्डो तालको अवलोकन यात्रा सकेर थप अपर डोल्पाको यात्रामा हिँडेका भारतीय छ पर्यटकहरु केही दिनदेखिको हिमपातका कारण दानीगढमा फसेका थिए ।

फसेका पर्यटकहरुमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिहां, डिप्लिना विश्वास र राजेश डी रहेको उहाँले बताउनुभयो । पर्यटकहरुलाई हिजो आइतबार उद्धार गर्ने प्रयास भए पनि प्राविधिक समस्याका कारण हुन नसकेको उहाँको भनाइ छ ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन