एमाले चितवन -काठमाडौ सम्पर्क मञ्चकाे कार्यक्रममा ३४ जनाले गरे रक्तदान

चितवन, २८ भदाैं :

नेकपा एमाले चितवन -काठमाडौं सम्पर्क मञ्चको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् । नेकपा एमाले पार्टी कार्यालय च्यासल ललितपुरमा भएको रक्तदान कार्यक्रम २ जना महिलासहित ३४ जनाले रक्तदान गरेका हुन् ।

डेङ्गुको कारण देशमा सिर्जित हुनसक्ने रगत अभावको जोखिमलाई न्यूनिकरण गर्न सबैले आफ्नो तह र तप्काबाट रक्तदान कार्यक्रम गर्नुपर्ने र पार्टिले समेत देशमा हुनसक्ने रगत अभावलाई गम्भिर रुपमा लिन सकोस् भन्ने हेतुले पार्टी कार्यालयमा नै रक्तदान कार्यक्रमको आयोजना गरिएको चितवन काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष रामचन्द्र कडेल (आर.सी.) ले बताउनु भयाे।

साे कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एंव सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डितले महत्वपूर्ण समयमा राम्रो कार्य गर्नु भएको हुँदा सिङ्गो सम्पर्क मञ्च टिमलाई धन्यवाद दिनुभयाे ।

कार्यक्रममा सम्पर्क समन्वय कमिटि संयोजक श्याम कुमार बस्नेत सल्लाहकार समिति सदस्य रामहरी सिलवाल लगायतकाे उपस्थिति रहेको थियाे ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव