मनसुन निस्क्रिय, हल्कादेखि मध्यम वर्षाको अनुमान

काठमाडौं, १३ असोज :

मनसुन निस्क्रिय रहेकाले तत्काललाई ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् समिर श्रेष्ठका अनुसार ठूलो वर्षा नभए पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मनसुन निस्क्रिय रहे पनि मनसुनी गतिविधि कायमै रहेकाले हल्कादेखि मध्यम वर्षाको अनुमान छ।

‘दशैँमा पनि ठूलो वर्षाको सम्भावना छैन, तर हल्कादेखि मध्यम वर्षा हुनसक्छ’ – उहाँले भन्नुभएको छ ।

मनसुनको अवधि अक्टोबर २ तारिख अर्थात आउँदो आइतवार फूलपातीसम्म छ । यो अवधि वा योभन्दा छिटो र ढिलो गरी मनसुन बाहिरिन सक्छ । यसपालि जेठ २८ गते मनसुन भित्रिएको थियो।

मध्य मनसुनमा भन्दा पनि मनसुनको सुरुवात र अन्तिमतिर यसपालि धेरै पानी पर्यो । आज प्रदेश(१, मधेस र वाग्मती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

 

संबन्धित शिर्षकहरु

‘मेटा’ले ठूलो संख्यामा कर्मचारी कटौती गर्दै

अदालतको फैसलाले पार्टीलाई एकताबद्ध र साझा यात्राका लागि वातावरण सिर्जना गर्‍याे : सभापति थापा

आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले आज अमेरिकासँग खेल्दै