देशका केही भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं, १ कार्तिक :

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन् । आज (मंगलबार) बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो भने देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी प्रदेशहरुमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । मंगलबार राति भने गण्डकी प्रदेश लगायतका देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ ।

त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने भएको महाशाखाले जनाएको छ ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव