भरतपुर, २ कार्तिक :
चिकित्सकको हकहितका लागि प्रतिबद्ध रहेको वरिष्ठ चिकित्सक डा. भाेजराज अधिकारीले यसका लागि सहकर्मी सम्पूर्ण चिकित्सकहरूकाे साथ र सहयाेगकाे अपेक्षा व्यक्त गरेका छन् । आफु पाेखरीबाट समुद्रमा प्रवेश गरेको बताए । डा. भाेजराजलाई जिताउन पहल गर्नुपर्ने भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पाैडेलले बताएका छन् ।
नेपाल चिकित्सक संघ चितवनले आयाेजना गरेको चाडपर्व विशेष शुभकामना आदान प्रदान कार्यक्रममा उनलेे चिकित्सककाे हकहितका लागि समेत डा. भाेजराजलाई जिताउन पहल गर्न अपिल गरे ।
पेशागत सुरक्षाका लागि नितिगत याेजना बनाउन सुझाव आएकाे छ । चिकित्सकको सेवा सुविधा एवं उचित पारिश्रमिकका लागि उच्चस्तरीय आयाेग बनाउन चिकित्सक डा.अनिल विक्रम कार्कीकाे आग्रह छ । आन्तरिक एकताको आवश्यकता हुनुपर्ने उनको भनाई छ ।
चिकित्सक नै जनप्रतिनिधि निर्वाचित भएपछि दुखकाे समाधान हुने चिकित्सकहरूले अपेक्षा व्यक्त गरेका छन् । भावी स्वास्थ मन्त्री हुने उनीहरूको विश्वास छ । उमेदवार डा. अधिकारी संघका पुर्व जिल्ला सचिव हुन् ।





