नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज सम्पन्न हुँदै, प्रधानमन्त्री सहभागी हुने

काठमाडौं, ३ कार्तिक :

गण्डकी प्रदेशका आठ जिल्लामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार समापन गरिँदैछ। प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार बिहीबार दिउँसो २ः३० बजेपछि पोखरा रंशालामा हुने समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनेछन्।

समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी, गीत संगीत तथा नृत्य प्रस्तुत हुने प्रचारप्रसार उपसमितिका सचिव खुसराज दाहालले जानकारी दिए। यस्तै १० औँ राष्ट्रिय खेलकुद आयोजना हुने प्रदेशसमेत घोषणा गरी झण्डा हस्तान्तरण हुनेछ। प्रतियोगिता समापनअघि बिहीबार नै पोखरा रंगशालामा पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल हुनेछ।

विभागीय नेपाल आर्मी र सशस्त्र प्रहरीको एपीएफबीच स्वर्ण पदकका लागि खेल हुने आयोजकले जनाएको छ। नवौँ राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शन गरी ३८ खेल सञ्चालन भएका छन्। केही खेलको फाइनल सकिएको छ बाँकी बिहीबार हुनेछ।

गत असोज २८ गते उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको उद्घाटन गरेका थिए।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव