समाजसेवी मैयादेवी श्रेष्ठको निधन

चितवन, ६ कार्तिक :

नेपाली कांग्रेसकी नेतृ एवं समाजसेवी मैयादेवी श्रेष्ठको ९२ वर्षको उमेरमा शनिबार राति निधन भएको छ । लामो समयदेखि अस्वस्थ हुनुभएकी श्रेष्ठको चितवनको भरतपुर अस्पतालमा निधन भएको हो ।

वि.स. १९८७ सालको दशैंको फूलपातीका दिन तनहुँको बन्दिपुरमा श्रेष्ठ आजीवन अविवाहित बस्नुभयो । कांग्रेसको राजनीतिसँगै निरन्तर समाजसेवामा लाग्नुभएकी श्रेष्ठले विद्यालय, क्याम्पस र मठ मन्दिर लगायत निर्माणका लागि अथाह दान गर्नुभएको छ ।

ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको मुख्यालय भवन निर्माणका लागि पनि उहाँले नै जग्गा दान गर्नुभएको थियो । उहाँले जीवनकालमा १ अर्ब रुपैयाँ भन्दा बढीको दान गर्नुभएको अनुमान गरिएकाे छ ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव