विदेशमा रहेका नागरिकलाई घर नफर्किन युक्रेनको आग्रह

काठमाडौं, ९ कार्तिक :

युक्रेनले युद्धका कारण देश छाडेर गएका आफ्ना नागरिकलाई घर फकर्ने हतार नगर्न आग्रह गरेको छ । रुसले पछिल्लो समय उर्जा केन्द्रहरुमा गरेको आक्रमणका कारण देशभर चरम उर्जा संकट बढेकाले कम्तिमा यो जाडोभरी देश नफर्कन आग्रह गरिएको हो ।

युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेसचुकले टेलिभिजन सम्बोधन मार्फत विदेशमा जहाँ जहाँ बसिरहेको हो, त्यही स्थानमा सुरक्षित रुपमा रहन र घर फर्कने हतारो नगर्न आग्रह गर्नुभएको हो ।

रुसी आक्रमणबाट ४० प्रतिशत उर्जा केन्द्रहरु ध्वस्त भएकाले आधा भन्दा बढी भूभाग अन्धकारमा रहेको किएभले जनाएको छ । लगातारको युद्धले युक्रेनमा खाद्यान्नलगायतका दैनिक उपभोग्य सामग्रीको पनि चरम संकट रहेको छ ।

युक्रेनी सरकारले स्वदेश फर्किदा उनीहरु स्वयं र परिवार झन खतरामा पर्ने भन्दै आउने बसन्त ऋतुसम्म विदेशमै रहन भनको हो । रुसी आक्रमण शुरु भएपछि देश छाडेर गएका दशौं लाख युक्रेनीहरु युरोपका विभिन्न देशमा शरण लिईरहेका छन् ।

संबन्धित शिर्षकहरु

युक्रेनको किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी

महिला च्याम्पिनसिपमा नेपालले आज भुटानसँग खेल्दै

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना