हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २६ असोज : पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभावका कारण देशका हिमाली तथा पहाडी क्षेत्रमा बदली भएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही हिमाली क्षेत्रमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा मध्यमसम्म वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। त्यस्तै, लुम्बिनी प्रदेशको हिमाली भूभागमा पनि वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यता, तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी