कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

काठमाडौं, २६ असोज : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री पदमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डा. डिला संग्रौला निर्वाचित हुनुभएको छ। खुलातर्फ प्रदीप पौडेलले चार हजार १९४ मत र उदयशम्शेर राणाले दुई हजार ३३० मत प्राप्त गर्दै महामन्त्रीमा निर्वाचित हुनुभएको हो।

खुलातर्फका अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले दुई हजार २५७, गुरुराज घिमिरेले एक हजार ५१३, नैनसिंह महरले एक हजार १३४, अमरसिंह पुनले एक हजार १२५, शंकर तिवारीले १२३ र डा.सन्तोष उपाध्यायले ९७ मत प्राप्त गर्नुभएको छ।

यसैगरी, महिला महामन्त्री पदमा डा। डिला संग्रौला ९पन्त० तीन हजार ११८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले दुई हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गर्नुभएको छ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी