त्रिविद्धारा आगामी बैशाख र जेष्ठमा सञ्चालन हुने सम्पुर्ण परीक्षा स्थगित

२८ चैत, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले आगामी बैशाख र जेष्ठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गरेको छ । विश्वविद्यालय केन्द्रिय परीक्षा सञ्चालक समितिको हिजो बसेको बैठकले विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय तर्फका वीएस्सी, बीबी एस र बीएड चौथो वर्षका नियमित तथा आशिंक परीक्षा स्थगित गरेको हो ।

यस्तै पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सेलिङ साइकोलोजी, स्कुल साइकोलोजी र पोष्ट ग्राजुएट इन उमन स्टडीजका पूरा तथा आंिशक परीक्षा समेत स्थगित भएको त्रिविले जनाएको छ । कोरोना भाइरसका कारण विश्वको वर्तमान परिस्थितिलाई मध्य नजर गर्दै अर्को सूचना प्रकाशित नभएसम्म परीक्षा स्थगित गरिएको त्रिविले जनाएको छ ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’