चितवन, २८ कार्तिक :
नेपालकै पहिलो तथा सरकारी स्वामित्वको बैंक नेपाल बैंक लिमिटेडले सोमबारबाट भरतपुरको हाकिमचोकमा सेवा बिस्तार गरेको छ । स्याउलीबजार स्थित दिप्ती भवनबाट सेवा सुभारम्भ गरिएको हो ।
८५ बर्षिय ज्येष्ठ नागरिक एवं चितवनका कपडा ब्यबसायी केशव कुमार श्रेष्ठको खाता खोली बिधिवत रुपमा सेवा सुरु गरिएको शाखा प्रबन्धक नीना श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यही कार्तिक ३० गते बैंकको ८६ औं बर्ष प्रवेशको अवसरमा हाकिमचोक शाखा संचालनमा ल्याइएको हो । शाखामा एटिएम र लकर सुबिधासमेत उपलब्ध रहेको छ ।
यस अघि नै चितवनमा नेपाल बैंकको नारायणगढ, रामपुर, गीतानगर, टाँडी, पर्सा र भण्डारा गरि ६ शाखाहरु संचालित छ्न् ।





